+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

आलोकका केही चर्चित म्युजिक भिडियो जसले दर्शकको मन जिते

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते ११:५०

alok n
दर्शकलाई टेलिभिजनको पर्दामा कुनै म्यूजिक भिडियो हेर्दा यो त आलोक नेम्वाङको होला भनेर छुट्टयाउन खासै गाह्रो पर्दैनथ्यो । आकर्षक रंग मिसिएका उनका भिडियोमा लोकेशनदेखि कलाकारलाई प्रस्तुत गर्ने तरिका लोभलाग्दा थिए ।
अमेरिकाका चलचित्र सम्बन्धी अध्ययन गरेर आएका आलोक म्यूजिक भिडियोलाई पनि सानो सिनेमा भन्थे । सायद यसैले होला उनले आफ्नो भिडियोमा नेपालका चर्चित नायक-नायिकादेखि नव कलाकारसम्मलाई अवसर दिए ।
बाबु बोगटीको ‘सान्नानी तिमीलाई ‘हिर्कौला लौरीले’ बोलको गीतको भिडियो यूट्यूबमा सर्वाधिक हेरिएको छ । आलोकले भिडियोमा नायिका नन्दिता केसी र गायक बाबु बोगटीलाई प्रस्तुत गरे । अर्कोतिर, चल्तीका नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठलाई ‘लाजको लाली ओढेर’ बोलको गीतमा आलोकले नयाँ तबरले पर्दामा उतारे । चर्चित गायक उदित नारायण झाको स्वरमा समेत आलोकले उस्तै लोभलाग्दो भिडियो निर्माण गरेका छन् ।
करिब ७ सय भिडियोको निर्देशन गरेका आलोकको निर्देशनले कहिले धेरैको सिरानी भिजायो । ‘भिज्यो सिरानी रातमा’ बोलको गीतमा आलोकको प्रस्तुती साच्चिकै मन नै छुने छ ।
यता, गायक क्रान्ति आलेले ‘छोरी माग्न जाँदा’बोलको गीत तयार पारे, आलोकले यसलाई भने भिडियोमा उतारे । जुन गीतको भिडियो सर्वाधिक चर्चित बन्यो ।
आलोक नेपाली म्यूजिक भिडियोको दुनियाँमा नम्बर १ को स्थानमा थिए भन्दा फरक पर्दैन । आलोकको भिडियोमा अभिनय नगर्ने कलाकार मोडल नै हुन सक्दैनथ्यो ।
भिडियोमा प्रेमको भाव मिसाउन खप्पिस मानिएका यी निर्देशकले सानो संसार चलचित्रको शिर्ष गीत होस् या उनको अन्तिम चलचित्र ‘अझै पनि’को ‘प्रेम दिवस’ बोलको गीत नै किन नहोस्, सबैको मन छुने बनाएका छन् । भिडियो निर्देशनका यी राजाले आज सबैको मन चुडाउँदै सधा सधाका लागि बिदा भएका छन् । तर, पनि उनले तयार पारेका चर्चित सिर्जना सदा-सदाका लागि जीवित रहनेछन् ।

लाखाैं पटक…

न बिर्सें तिमिलाई…..

लाजको लाली….

सरकारी जागिर…..

सान्नानी तिमिलार्इ…

बसमा छैन मेरो मन…

कसको अाँसा लाग्यो…

बेनीको बजार…..

प्रेम दिवस…

किन अायो परदेसी…

भिज्यो सिरानी…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?