+

क्यान सदस्य गुञ्जन शाहलाई राखेपले बोलायो फिर्ता

२०८३ असोज  २९ गते १४:५१ २०८३ असोज २९ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघका सदस्य गुञ्जन शाह ठकुरीलाई बुधबार सदस्य सचिवस्तरीय निर्णयमार्फत फिर्ता बोलाएको छ।
  • राखेपले उनलाई १ असोजमा क्यान सदस्यमा मनोनीत गरेर पठाएको थियो।
  • क्यान विधान २०५५ को व्यवस्थाअनुसार राखेपले पदेन सदस्यमा मनोनयन गरेको भए पनि एक महिना नपुग्दै फिर्ता बोलाएको हो।

२९ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो ।

१ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनीत गरेर पठाएको थियो ।

नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको थियो ।

तर, एक महिना बित्न नपाउँदै फिर्ता बोलाएको हो ।

राखेपले गुन्जनसहित नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल सुटिङ संघका कृष्णहरि सेजु, ब्याडमिन्टन संघका सम्भु कार्की र साइकलिङ महासंघका गणेशप्रसाद मैनालीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो ।

गुन्जन शाह ठकुरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय