+
लिग २ क्रिकेट :

सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

२०८३ असोज  ३१ गते १४:३७ २०८३ असोज ३१ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवराज सम्राले ११७ बलमा १०५ रन बनाएपछि क्यानडाले नेपाललाई आईसीसी विश्वकप लिग २ मा २५७ रनको लक्ष्य दिएको छ।
  • ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ५० ओभरमा २५६ रन बनाएर अलआउट भएको हो।
  • ललित राजवंशीले ४ विकेट लिए पनि नेपाल पराजित भए क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।

३१ असोज, काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए ।

आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ तथा हम्जा तारिकले ३० रन बनाए । एक समय २१९-३ को अवस्थामा रहेको क्यानडाले त्यसपछि निरन्तर विकेट गुमायो ।

नेपालका ललित राजवंशीले १० ओभरमा ३९ रन दिएर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए ।

जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।

लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।

आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ ।

नेपाली क्रिकेट युवराज सम्रा लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय