+

विश्व कराते च्याम्पियनसीपमा नेपाली बाबु–छोराले नै जिते पदक

२०८३ कात्तिक  २ गते ६:२४ २०८३ कात्तिक २ गते ६:२४

वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना गरेको प्रतियोगितामा १३ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ५२ वर्षीय ज्ञानेन्द्र क्षेत्रीले सिल्भर मेडल जितेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा १३ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ज्ञानेन्द्र क्षेत्रीले सिल्भर मेडल जितेका छन्।
  • एड्रियनले अन्डर १५ र ज्ञानेन्द्रले अन्डर ६० क्याटेगोरिजमा सिल्भर मेडल जिते, साथै बाबु–छोराले फेमिली काता ओपन वानमा पनि सिल्भर मेडल जितेका छन्।
  • ज्ञानेन्द्रले खेल खेल्न उमेर बाधक नहुने बताउँदै अवकाशपछि पनि प्रशिक्षकका रूपमा समर्पित हुने लक्ष्य रहेको बताए।

२ कात्तिक, लन्डन । बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा नेपाली बाबु–छोराले नै पदक जितेका छन् ।

वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना गरेको प्रतियोगितामा १३ वर्षीय एड्रियन क्षेत्री र उनका पिता ५२ वर्षीय ज्ञानेन्द्र क्षेत्रीले सिल्भर मेडल जितेका हुन् ।

१७२ देशका खेलाडी सहभागी उक्त प्रतियोगितामा एड्रियनले अन्डर १५ क्याटेगोरिजमा सिल्भर मेडल जित्दा उनका बुबा ज्ञानेन्द्रले सोही च्याम्पियनसीपमा अण्डर ६० मा सिल्भर मेडल जिते ।

यस अतिरिक्त फेमिली काता ओपन वानमा बाबु छोराले अर्को सिल्भर मेडल पनि जितेका छन् ।

बर्लिनमा हुने भनिएको यस प्रतियोगिता इंग्ल्याण्डमा भएको थियो ।

लन्डन क्वीन्सबरीस्थित क्यानन हाइस्कुलमा कक्षा ९ मा अध्ययनरत एड्रियनले गत वर्ष अण्डर १५ क्याटेगोरिजमा गोल्ड मेडल र बुबा ज्ञानेन्द्रले अण्डर ६० मा सिल्भर मेडल जितेका थिए ।

एड्रियनले यसअघि अण्डर १० र ०२४ को ईयू च्याम्पियनसीप अण्डर १५ मा पनि मेडल जितेका थिए ।

लन्डन बार्नेटमा जन्मिएका एड्रियन ५ वर्षको छंदा सन् २०१७ देखि यस खेलमा आवद्ध भएका थिए । वान डान एड्रियन जुनियर इन्सट्रक्टर पनि हुन् ।

’ट्रान्सपोर्ट फर लन्डन’ मा विगत २४ वर्षदेखि कार्यरत वरिष्ठ इन्जिनियर ज्ञानेन्द्र क्षेत्रीले यसअघि अण्डर ५० मा गोल्ड मेडल जितेका थिए ।

ब्ल्याक बेल्ट ज्ञानेन्द्र सिनियर इन्सट्रक्टर पनि हुन् । प्रशिक्षणबाहेक कराँते ’डान’ ग्रेडिङ र आधिकारिक प्रमाणपत्र प्रदान गर्ने उनको जिम्मेवारी छ ।

आउंदो महिना जजिङ र कोचिङको ’सी’ लाइसेन्स लिने तयारी गरिरहेको ज्ञानेन्द्रले बताए ।

बाबु छोरा सोमबार, मंगलबार, बुधबार र बिहीबार ६ देखि ८ बजे सांझ कराते प्रशिक्षणमा व्यस्त हुन्छन् ।

छोरालाई सिकाउन लाने क्रममा आफू पनि खेल्न प्रेरित भएको उनी बताउंछन् ।

काठमाडौं गोकर्णका स्थायी बासिन्दा क्षेत्रीले खेल खेल्न उमेर बाधक नहुने बताए । जागिरबाट अवकास भएपछि पनि प्रशिक्षकका रुपमा आफू यसैमा समर्पित हुने लक्ष्य उनको छ ।

स्वस्थ्य रहन पनि खेल आवश्यक भएकाले सबैलाई शारिरीक अभ्यास गर्न उनले सुझाए ।

इन्जिनियर क्षेत्री गीतकार पनि हुन् । उनको लेखन तथा गायक गायिका तिलक बस्नेत र बन्दना पाण्डेले गाएको ’पैसा पैसा’ भन्ने गीत एवं म्यूजिक भिडियो निकै लोकप्रिय भएको थियो ।

यसबाहेक माया र प्रेमलाई संस्कार र प्रकृतिसंग संयोजन गरिएको उनको ’पीर नगर निरमाया’ बोलको अर्को गीतको भिडियो पनि यूट्युबमा लाखौंले हेरेका छन् ।

विश्व कराते च्याम्पियनसीप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
नवीन पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय