News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा एसियाली फुटबल महासंघको सम्मेलनमा सहभागी भएका छन् ।
- नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।
- जिल्ला अदालतले नेम्बाङ र महासचिव किरण राईका हकमा पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो, त्यसयता दुवै फरार छन् ।
५ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा भेटिएका छन् ।
जापानमा बुधबार र बिहिबार भएको एसियाली फुटबल महासंघका सदस्य तथा क्षेत्रीय फुटबल संघका अध्यक्ष र महासचिवहरूको सम्मेलनमा नेम्बाङ पनि सहभागी भएका हुन् ।
बंगलादेश फुटबल महासंघका उपाध्यक्ष नासेर शहरियार जहिदीले पनि नेम्बाङसहितको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।
नेम्बाङसहित ४ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसुरको मुद्दा विचाराधीन छ ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाका अध्यक्ष नेम्बाङसहित महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो ।
जिल्ला अदालत ललितपुरले २३ असोजमा पक्राउ परेका कोषाध्यक्ष जोशी १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । अध्यक्ष नेम्बाङ र महासचिव राईको हकमा भने पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो । त्यसयता अध्यक्ष नेम्बाङ र महासचिव राई फरार छन् ।

प्रतिक्रिया 4