+

मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे

२०८३ कात्तिक  ७ गते ८:१५ २०८३ कात्तिक ७ गते ८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलरलाई तेस्रो नेपाल प्रिमियर लिगका लागि अनुबन्ध गरेको छ ।
  • अध्यक्ष गृहेन्द्र घिमिरेले मिलर, साहिबजादा फरहान र हुसैन तलतको आगमनले एनपिएल र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताए ।
  • कर्णाली याक्सले उपाधि जित्ने लक्ष्यसहित मिलरसहित छैटौं विदेशी र घरेलु खेलाडीहरू अनुबन्ध गरिसकेको छ ।

७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अनुबन्ध गरेको हो । उनी एनपीएलको इतिहासमा सहभागी मध्ये सबैभन्दा ठूलो स्टार र सफल खेलाडी हुन् ।

‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौं । जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यसपटक डेविड मिलर, पाकिस्तानका टी–२० टिमका कप्तान साहिबजादा फरहान र हुसैन तलतलाई अनुबन्ध गरेका छौं । यसले कर्णाली याक्सलाई मात्रै नभएर, एनपीएल देखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु’ घिमिरेले भने ।

कर्णालीका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको पनि बताए । ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो । सोहीअनुसार हामीले डेविड मिलर, फर्हान र तलात जस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएका छौं’ उनले भने ।

अध्यक्ष घिमिरेले यसपटक उपाधि जित्ने लक्ष्यसहित योजना बनाइरहेको बताएका छन् । ‘हामीले अहिलेसम्म प्लेअफ खेलेका छौं । यसपटक उपाधि जित्ने लक्ष्यसहित विश्व चर्चित खेलाडी अनुबन्ध गरेका छौं । हाम्रो ध्यान उपाधि मै केन्द्रित हुनेछ’ उनको भनाइ छ ।

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् । भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन् ।

उनले आइपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आईपीएल उपाधि जित्दा मुलर मुख्य खेलाडी थिए । मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई शतक र ९ अर्धशतक प्रहार गरेका थिए ।

डेभिड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौं विदेशी हुन् । यसअघि क्लबले पाकिस्तान टी–२० क्रिकेटका कप्तान साहिबजादा फरहानसँगै पाकिस्तानकै चर्चित अलराउन्डर हुसैन तलतलाई अनुबन्ध गरेको थियो । त्यसबाहेक टिमले दोस्रो सिजन सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट, अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरेको छ ।

यस्तै, घरेलु खेलाडीमा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरिसकेको छ ।

कर्णाली याक्स गृहेन्द्र घिमिरे

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय