+

कर्णालीका शुभ कंसाकारको स्थानमा शिवम तिवारीले खेल्ने

२०८३ कात्तिक  ८ गते १३:१९ २०८३ कात्तिक ८ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले शुभ कंसकारको स्थानमा हातमा चोट लागेपछि शिवम तिवारीलाई आगामी नेपाल प्रिमियर लिगका लागि टिममा भित्र्याएको छ।
  • शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए र उनी भक्तपुरका खेलाडी हुन्।
  • कर्णाली याक्समा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा र अन्य घरेलु खेलाडी तथा छ जना विदेशी खेलाडी अनुबन्ध भएका छन्।

८ कात्तिक, काठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई टिममा भित्र्याएको छ ।

आगामी नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणक लागि कर्णालीमा अनुबन्ध भएका ब्याटर शुभको हातमा चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ ।

शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए । उनी भक्तपुरका खेलाडी समेत हुन् ।

योसँगै कर्णाली याक्सको घरेलु खेलाडीमा मार्की सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा रहेका छन् ।

यता, विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर, पाकिस्तान ट्वान्टी २० क्रिकेट टिमका कप्तान साहिवजादा फर्हान, पाकिस्तानकै अलराउन्डर हुसैन तलात, स्कटल्यान्डका अलराउन्डर मार्क वाट, बंगलादेशका खेलाडीद्वय अरिफुल इस्लाम र अकबर अली अनुबन्ध भएका छन् ।

कर्णाली याक्स शिवम तिवारी शुभ कंसाकार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय