+

विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा

२०८३ कात्तिक  १० गते १२:२१ २०८३ कात्तिक १० गते १२:२१

टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् ।
  • चितवनका नियमित कप्तान कुशल मल्ल आजको प्लेइङ ११ मा अटाएका छैनन् ।
  • विराटनगर किंग्सका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी कुशल मल्लले गर्दै आएका थिए ।

आजको खेलमा कुशल प्लेइङ ११ मा अटाएका छैनन् ।

विराटनगर किंग्सको कप्तानी सन्दिप लामिछानेले गरेका छन् । लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’

एनपीएलको तेस्रो संस्करणमा दुवै टोलीले पहिलो खेल खेल्न लागेका हुन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय