+

चितवनको पहिलो चार वटै रोजाइमा इंग्ल्यान्डका खेलाडी, खेलेनन् पाकिस्तानी

२०८३ कात्तिक  १० गते १३:२८ २०८३ कात्तिक १० गते १३:२८

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडीलाई मैदानमा उतारेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध चार वटै विदेशी खेलाडीको रूपमा इंग्ल्यान्डका खेलाडी उतारेको छ।
  • पाकिस्तानी खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजले एनओसीका कारण एनपीएल खेल्न पाएनन्।
  • चितवनले त्यसपछि डाविड मलान, डान मोस्ली र टम टेलरलाई टोलीमा अनुबन्ध गरेको छ।

१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडीलाई मैदानमा उतारेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध चितवनले कप्तान रवि बोपारासहित चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडी उतारेको हो ।

रवि यसअघि नै नेपाल आइसकेका थिए । त्यसबाहेकका अन्य खेलाडी भने पाकिस्तानका खेलाडी खेल्न नपाउँदा रातारात नेपाल आएका हुन् । यसअघि चितवनले तीन पाकिस्तानी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको थियो ।

तर, एनओसीका कारण पाकिस्तानका खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजले एनपीएल खेल्न पाएनन् । त्यसपछि चितवनले हतार हतारमा थप विदेशी खेलाडी भित्राएको थियो । जसमा अघिल्लो सिजन खेलेका डाविड मलानसहित डान मोस्ली र टम टेलरलाई चितवनले टोलीमा अनुबन्ध गरेको हो ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय