News Summary
Generated by OK AI. Editorially reviewed.- दीपक भट्टका बुवा चतुर्भुज भट्टले नख्खु कारागारबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई फोन गरी मुद्दामा चलखेल गर्न अनुरोध गरेको सूचना गलत भएको दाबी गरेका छन्।
- उनले अनलाइनखबरलगायत सञ्चार माध्यममा प्रकाशित त्यस्ता समाचार वास्तविक विवरणसँग नमिल्ने भन्दै खण्डन गरेका छन्।
- चतुर्भुज भट्टका अनुसार, पुर्पक्षमा रहेका व्यक्तिले कारागारको निर्धारित स्थान र समयमा मात्रै फोन गर्न पाउने व्यवस्था भएकाले यस्तो सम्पर्क भएको दाबी असत्य हो।
१० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको पूर्पक्षका लागि थुनामा रहेका दीपक भट्टका बुवा चतुर्भुज भट्टले नख्खु कारागारबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई फोन गरी मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने सूचना गलत भएको दाबी गरेका छन् ।
उनले अनलाइनखबरलगायतका सञ्चार माध्यममा प्रकाशित भएका यस्ता तथ्यसहितका समाचारहरू वास्तवित विरणसँग नमिल्ने भन्दै खण्डन गरेका छन् ।
भट्टका अनुसार, दीपक भट्टले नख्खु कारागारबाट पूर्वप्रधानन्यायाधीश राणालाई फोन सम्पर्क गरी मुद्दामा चलखेल गर्न खोजेको वा त्यस्तो प्रयास गरेको भन्ने अफवाहपूर्ण भएको दाबी गरेका छन्।
उनले दीपक भट्ट अदालतबाट न्याय प्राप्त हुने विषयमा विश्वस्त रहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी कसुर नगरेको बयान अनुसन्धान अधिकारी, विशेष अदालत र उच्च अदालत पाटनसमक्ष दिएको दाबी गरेका छन्।
त्यस्तै, बीमासम्बन्धी र धितोपत्रसम्बन्धी कसुर पनि नगरेको भनी दीपक भट्टले अनुसन्धान अधिकारी तथा काठमाडौं जिल्ला अदालतमा बयान दिएको चतुर्भुज भट्टको भनाइ छ।
पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिले कारागारको निर्धारित स्थान र समयमा मात्रै फोन सम्पर्क गर्न पाउने तथा ह्वाट्सएपलगायतका माध्यम प्रयोग गर्न नपाउने व्यवस्था रहेको उल्लेख गरेका छन्। यही आधारमा दीपक भट्टले पूर्वप्रधानन्यायाधीश राणालाई फोन सम्पर्क गरेको भन्ने तथ्य असत्य भएको उनको दाबी छ।
प्रतिक्रिया 4