+
+
Shares

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मंगलबार बैंकक प्रस्थान गरे ।
  • मन्त्री श्रेष्ठले बुधबार सम्मेलन र बिहीबार भोटेकोशी–त्रिशूली घटनाका पाठबारे कार्यशाला सम्बोधन गर्ने कार्यक्रम छ ।
  • उहाँले सम्मेलनमा विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको नि:शुल्क प्रयोग र जलवायु क्षतिपूर्ति विषय उठाउने छन् ।

१० कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोग सम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी थाइल्यान्ड, नेपाल र यूएन ईएससीएपीले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म : एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग साइडलाइन वार्ता गर्ने उनका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले बताए ।

सम्मेलनमा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको नि:शुल्क प्रयोग र जलवायु क्षतिपूर्ति विषय उठाउने महर्जनले बताए ।

भ्रमण टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन् । मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?