+
+
Shares

देउवा समूहको रोल्पा सभापतिमा मानबहादुर खत्री

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १४:१४

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट खत्री सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपसभापतिमा श्रीकुमारी घर्ती मगर र देवेन्द्र बोहरा चयन भएका छन् । सचिवमा लीलाधर आचार्य र दुर्योधन राना तथा सह–सचिवमा झपेन्द्र विष्ट र गणबहादुर वली सर्वसम्मत भएका छन् ।

उनका अनुसार सदस्यहरूमा इश्वरी खत्री, अमृतबहादुर बुढा, मोहनलाल घर्ती र रेखा नेपालीलाई चयन गरिएको छ ।

रोल्पा प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कृष्ण खड्का र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तीर्थराज वली सर्वसम्मत निर्वाचित भएका छन् ।

देउवा समूहले यसअघि डोटी, बैतडी, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, रुकुम पश्चिम र संखुवासभामा अधिवेशन सम्पन्न गरिसकेको छ ।

देउवा समूहको १७–१८ भदौमा बसेको बैठकले १५औं केन्द्रीय महाधिवेशन २१–२३ मंसिरमा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?