+
+
Shares

कांग्रेस देउवा समूहको मुगु सभापतिमा तिलकबहादुर मल्ल

कांग्रेस देउवा समूहको मुगु जिल्ला अधिवेशनबाट तिलकबहादुर मल्ल सभापतिमा निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १६:०३

२४ असोज, काठमाडौं । कांग्रेस देउवा समूहको मुगु जिल्ला अधिवेशनबाट तिलकबहादुर मल्ल सभापतिमा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

आकांक्षी खगेन्द्र मल्ल पार्टीलाई जिल्लामा थप मजबुत बनाउने भन्दै पछि हटेपछि मल्ललाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरिएको नेता धर्मराज शाहीले जानकारी दिए ।

उनका अनुसार अधिवेशनबाट २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । देउवा समूहले कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

कांग्रेसको देउवा समूहले हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाहीलाई जिल्ला सभापतिमा चयन गरेको शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?