+
+
Shares

संशोधन मण्डलको पुस्तक मेला हुँदै, रणबहादुर शाह र कुमाउका राजाबीचको सन्धिपत्र पाइने

यो सन्धि सम्बन्धी पुस्तिकाको नाम हो- गोरखा र कुमाउ राज्यको सन्धिपत्र । यो पुस्तिका आइतबारदेखि सुरु हुने संशोधन मण्डलको पुस्तक प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १७:४७

२४ असोज, काठमाडौं । विस. १८४४ मा गोरखाका राजा रणबहादुर शाह र कुमाउँका राजा मोहन चन्दबीच सन्धि भएको थियो । यो सन्धि गोरखाले कुमाउँ जितेपछि भएको थियो ।

यो सन्धि सम्बन्धी पुस्तिकाको नाम हो- गोरखा र कुमाउ राज्यको सन्धिपत्र । यो पुस्तिका आइतबारदेखि सुरु हुने संशोधन मण्डलको पुस्तक प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।

२५० रुपैयाँ मुल्य भएको यो पुस्तिकामा छुटसहित २०० रुपैयाँमा पाइने संशोधन मण्डलका सदस्य प्राडा. महेशराज पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

‘संशोधन मण्डलको डल्लुस्थित कार्यालयमा असोज २५ देखि ३० गतेसम्म पुस्तक मेला सञ्चालन हुँदेछ,’ पन्त भन्छन्, ‘विभिन्न ऐतिहासिक पुस्तकहरू ३० प्रतिशतसम्म छुटमा उपलब्ध छन् ।’

मेलामा नेपाल सम्वत्कालिन पात्रो, गीर्वाणयुद्धविक्रम शाहको चिनाको चित्र, इतिहास प्रधान त्रैमासिक पूर्णिमा, नयराज पन्तका गणितीय कृति, बडागुरुज्यू विजयराजसँग सम्बद्ध पत्रहरू, साधनमाला, हनूमान्ढोकादरबार मनमोहनचोकको दलानको शिलापट्ट र त्यहाँका शिलामूर्ति, विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी अनुसन्धान लगायतका पुस्तक उपलब्ध छन् ।

संशोधन मण्डलको प्रकाशनको ७४ वर्ष पुगेको अवसरमा आयोजित मेलामा Administrative documents of Shah Dynasty.., What did Amshuvarman write? लगायतका अंग्रेजी भाषाका पुस्तक समेत उपलब्ध हुने पन्तले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?