+
+
Shares

जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्ला अदालतले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई जनही पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
  • अदालतको आदेशपछि नेम्बाङ र राईले जनही पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर गइसकेको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले भने।
  • खेल मिलेमतो तथा ठगी कसुरमा सीआईबीको सिफारिसपछि सरकारी वकिल कार्यालयले नेम्बाङ, राई, रविन्द्र जोशी र सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो।

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बुधबार भएको बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई जनही पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो।

‘उहाँहरू जनही पाँच/पाँच लाख रुपैयाँ धरौटी रकम बुझाएर गइसक्नु भएको छ,’ अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले भने।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो । जोशी र पाण्डे यसअघि नै धरौटीमा छुटिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?