News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको बागचौर नगरपालिका–१० मा बिहीबार बिहान अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका–५ का ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको छ।
- मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
- दुर्घटनामा घाइते अटो चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ।
१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो ।
सो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अटो चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4