News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंसहित देशभर पछिल्लो ३० घण्टादेखिको निरन्तर वर्षाले जनजीवन प्रभावित बनाएको छ ।
- काठमाडौंको त्रिवि क्रिकेट मैदानमा पानी जमेकाले आजका लागि तय नेपाल प्रिमियर लिग २०२६ का दुवै खेल नहुने लगभग निश्चित देखिएको छ ।
- क्यानका सचिव पारस खड्काले "प्राविधिक कुरा हो ठ्याक्कै यही हुन्छ भनेर अहिले नै यकिन छैन, यद्यपि खेल हुने सम्भावना कम छ" भने ।
१४ कात्तिक, काठमाडौं । पछिल्लो ३० घण्टादेखिको निरन्तर वर्षाले काठमाडौंसहित देशभरको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौंमा भइरहेको वर्षाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ पनि प्रभावित भएको छ । आजका लागि तय भएका दुवै खेल नहुने लगभग निश्चित देखिएको छ ।
त्रिवि क्रिकेट मैदान कभरले ढाकिएको भएपनि लामो समयसम्म भएको वर्षाले मैदानमै पानी जमेको छ । मैदानबाहिर पनि पारापिटतर्फबाट आएको पानी जमेको छ ।
वर्षा जारी नै रहेकाले तत्काल कभर हटाएर मैदान तयार गर्न सकिने अवस्था नै छैन । पहिलो खेल सुरु हुने १२:३० बजे हो र यो खेल रद्द हुने पक्का छ, आधिकारिक सूचना आउन बाँकी छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले खेल हुने सम्भावना न्यून रहेको बताए । ‘प्राविधिक कुरा हो ठ्याक्कै यही हुन्छ भनेर अहिले नै यकिन छैन, यद्यपि खेल हुने सम्भावना कम छ’ सचिव खड्काले भने ।
तस्वीरहरू

प्रतिक्रिया 4