News Summary
Generated by OK AI. Editorially reviewed.- लगातारको झरीले कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको आजको खेल स्थगित गरिएको छ।
- नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदान पूरै भिजेकाले खेल रद्द गरिएको जानकारी दिए।
- खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अंक बाँडेका छन्, र विराटनगर किङ्स तथा सुदूरपश्चिम रोयल्सबीचको दोस्रो खेल पनि वर्षाबाट प्रभावित हुन सक्ने सम्भावना छ।
१४ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द गरिएको छ ।
लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।
उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अंक बाँडेका छन् ।
क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपरान्ह ५:०० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ ।
यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4