+
+
Shares

रोकियो वर्षा, कीर्तिपुर मैदान सुकाइँदै (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ कात्तिक १४ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपत्यकामा दुई दिनदेखिको वर्षा रोकिएपछि घाम लागेको छ र त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ ।
  • एनपीएलको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल आज ५ बजेका लागि तोकिएको छ ।
  • यसअघि वर्षाले प्रभावित लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भई दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

१४ कात्तिक, काठमाडौं । उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएको छ । वर्षा रोकिएर घाम लागेसँगै भिजेको त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ ।

यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द गरिएको थियो ।

क्यानका अनुसार, दुवै टोलीले एक/एक अंक बाँडेका थिए ।

तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?