News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टबीच आज काठमाडौंमा शिष्टाचार भेट भएको छ।
- भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, व्यापार, आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र आपसी सहयोगबारे छलफल भएको छ।
- मन्त्री साहले भोटेकोशी र बूढीगण्डकी बाढीपछि खोज, उद्धार र राहतमा अष्ट्रेलियाले दिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् ।
मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
त्यस क्रममा मन्त्री साहले भोटेकोशी तथा बूढीगण्डकी बाढीपछि खोज, उद्धार र राहतका क्षेत्रमा नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति धन्यवाद व्यक्त गरे ।
भेटमा उनीहरूले दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावना अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ । रासस
प्रतिक्रिया 4