+
+
Shares

आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयार

ग्यास उद्योग संघले निगम मार्फत सरकारसँग करको यो प्रावधानमा छुट दिलाउन पहल गरिदिन आग्रह गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एलपी ग्यास उद्योग संघले आयकर ऐन २०५८ को दफा ५७ र ५९(क) लागू नहुने व्यवस्था भए ग्यास उद्योगहरू मर्जरमा जान तयार रहेको बताएको छ ।
  • नेपाल आयल निगमले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत विभिन्न नाम र ब्रान्डका ग्यास उद्योग गाभ्ने नीति निरन्तरता दिएको छ ।
  • संघले निगममार्फत सरकारले कर प्रावधानमा छुट दिलाइदिन पहल गरिदिन आग्रह गरेको छ ।

१९ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एकापसमा गाभिन (मर्जरमा जान) तयार रहेको बताएको छ ।

तर, यसका लागि सरकारले आयकर ऐन २०५८ को दफा ५७ र ५९ (क) को व्यवस्था लागु नहुने (आकर्षण नहुने) व्यवस्था मिलाउनुपर्ने संघको सर्त छ ।

नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/८४ को आफ्नो स्वीकृत नीति तथा कार्यक्रम मार्फत ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिएपछि संघले यस्तो सर्त अघि सारेको हो ।

निगमले आफ्नो नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा ‘एलपी ग्यास बिक्री वितरण सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने नीतिलाई निरन्तरता दिइने छ’ भन्ने व्यवस्था गरेको छ ।

सोही नीति कार्यान्वयनका लागि निगमले ग्यास उद्योग संघलाई पत्र पठाउँदै उद्योगहरूलाई मर्जरमा जान प्रोत्साहन गर्न र सोही अनुसार कार्ययोजना बनाउन अनुरोध गरेको थियो ।

‘आयकर ऐन २०५८ को दफा ५७ र ५९ (क) आकर्षण नहुने व्यवस्था निगम मार्फत भए धेरैजसो उद्योग एकापसमा गाभ्न/गाभिन सक्ने बेहोरा जानकारीका लागि अनुरोध छ,’ संघको पत्रमा छ ।

आयकर ऐनको दफा ५७ ले कुनै पनि कम्पनीको स्वामित्व ५० प्रतिशतभन्दा बढीले परिवर्तन भए त्यसलाई नयाँ कम्पनी सरह मानेर सोही अनुसार पूँजीगत लाभकर लगायत कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

ग्यास उद्योग संघले निगम मार्फत सरकारसँग करको यो प्रावधानमा छुट दिलाउन पहल गरिदिन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?