News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई ८० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको छ ।
- कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा सेयर निष्कासन गर्नेछ ।
- जसमध्ये १७ लाख कित्ता सर्वसाधारण समूहमा र ६३ लाख कित्ता संस्थापक समूहमा पर्नेछन् ।
१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ ।
बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
कुल निष्कासन हुने सेयरमध्ये १७ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ । बाँकी ६३ लाख कित्ता सेयर संस्थापक समूहको रहेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4