+
+
Shares

चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरका पटका सहित २१ वर्षीय प्रशुन मान्नधर पक्राउ परेका छन्।
  • प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।
  • प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

१९ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?