+
+
Shares

युट्युब शृङ्खलाको बढ्दो लोकप्रियता : सीताको टिम जुट्यो ‘प्रसाद’ बनाउन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकमाया टिभीको ‘भुन्टी’ ३४२ भाग, कान्छी अफिसियलको ‘कान्छी’ ३३१ भाग र आरटी इन्टरटेन्मेन्टको ‘सीता’ १६२ भाग पुगिसकेका छन्।
  • ओएसआर डिजिटलको ‘जुठे’ २७४ भाग र बुढासुब्बा डिजिटलको ‘नारी’ २५२ भागसम्म प्रसारण भइसकेका छन्।
  • ‘सीता’ टिमले वैदेशिक रोजगारी केन्द्रित समानान्तर शृङ्खला ‘प्रसाद’ बनाइरहेको छ, जसका १० भाग तयार भइसकेका छन्।

‘सीता’ हेर्नुभएको छ? यो प्रश्न सोध्नासाथ तपाईंले फटाफट अरू पनि नाम दिनुहुनेछ । र भन्नुहुनेछ, ‘यी शृङ्खला पनि नबिराई हेर्ने गरेको छु ।’

कुनै समय कुमकुम भाग्य, कसौटी जिन्दगी की, नागिन जस्ता हिन्दी टेलिशृङ्खलामा लोभिएका दर्शक अहिले भुन्टी हेर्छन्, कान्छी हेर्छन्, बुहारी हेर्छन्, जुठे हेर्छन्, नारी हेर्छन्, परिवार, केशरी जीवनका रंग हेर्छन् । किनभने अहिले धेरैको रस यसैमा भिजेको छ ।

आफ्नै घरगाउँको कथा, आफ्नै परिवारको कथा, आफ्नै परिवेशको कथा भएर हुनसक्छ, दर्शकहरू यी शृङ्खलामा एकाकार भएका छन् । मध्यम एवं निम्न मध्यम वर्गीय समाजको कथालाई टिपेर केही नाट्य रूपमा प्रस्तुत गर्ने यी शृङ्खला हेर्न अहिले गृहिणीदेखि बुढापाकासम्म उत्सुकतासाथ बसेको पाइन्छ । त्यसैले त यी शृङ्खलाहरू अन्त्यहीन कथा निर्माण गरिरहेका छन् ।

सुकमाया टिभीबाट प्रसारण हुने ‘भुन्टी’ अहिले ३४२ भाग पुगिसकेको छ । कान्छी अफिसियलबाट प्रसारण हुने ‘कान्छी’ ३३१ भाग पुगिसकेको छ । ओएसआर डिजिटलबाट प्रसारण हुने ‘जुठे’ २७४ भाग पुगिसकेको छ । बुढासुब्बा डिजिटलबाट प्रसारण हुने ‘नारी’ २५२ भाग पुगिसकेको छ । त्यही च्यानलबाट आउने ‘छुच्ची सासु’ १४२ भाग पुगिसकेको छ । आरटी इन्टरटेन्मेन्टबाट प्रसारण हुने ‘सीता’ १६२ भाग पुगिसकेको छ ।

औसत एक घण्टा अवधिका यी शृङ्खलाहरू लाखौं पटक हेरिएका छन् । यही कारणले गर्दा त हो, अहिले कतिपय पूर्णकालीन रूपमा यस्तै शृङ्खला बनाउन लागेका छन् ।

पछिल्लो उदाहरण हो, प्रसाद । सीता शृङ्खला बनाइरहेका टिम यसकै समानान्तर शृङ्खला निर्माण गरिरहेका छन्  यो वैदेशिक रोजगारीमा केन्द्रित रहेको छ । ग्रामीण समाजको नियति बनिरहेको वैदेशिक रोजगारीमाथि ‘प्रसाद’ बनिरहेको बालकृष्ण ओली बताउँछन् । उनी यसमा केन्द्रीय भूमिकामा छन् । अहिले यसको १० भाग तयार भइसकेको छ भने केही दिनमा प्रसारण सुरु हुनेछ ।

यसमा बालकृष्णका साथै समिय कार्की, सन्दीप लोहनी, सुशिला भट्टराई, सोनिका बास्तोला, रोहित कार्कीले अभिनय गरेका छन् । यस शृङ्खलाका निर्देशक पुष्कर ढुंगेल हुन् भने लेखनमा उनले बसन्त न्यौपानेसँग सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?