फाइल तस्वीर
२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् ।
बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो ।
सो क्रममा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक रमेश रानासहितका १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट नगद ६८ हजार ६१० रुपैयाँ र एक गड्डी तास बरामद गरिएको छ ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4