+
+
Shares
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा :

ऋण र भुक्तानीको विवरण पेस गर्न विशेष अदालतको आदेश

विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम, भुक्तानी प्रक्रिया र त्यसको किस्तागत विवरण पेस गर्न आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १४:४१

२० कार्तिक, काठमाडौं । विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम, भुक्तानी प्रक्रिया र त्यसको किस्तागत विवरण पेस गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट ऋण र त्यसको भुक्तानी प्रक्रियाका सम्पूर्ण विवरण झिकाउन आदेश गरेको हो ।

विशेष अदालतले चिनीया निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि दाबी गरेको बिल भरपाइको विवरण, भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी विवरण समेत नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन आदेश दिएको हो ।

गत वैशाखमा अख्तियारले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूमाथि ३ अर्ब ६२ करोड रुपैंया विगो मागदाबी गरेको थियो ।

मूल सम्झौतामा ठेकेदार कम्पनीले नै कर, महसुल र अन्य शुल्कहरू बुझाउनुपर्ने सर्त रहेकोमा ती सबै छुट दिने सर्त राखी कार्यान्वयनसम्बन्धी अर्को सम्झौता गराएको देखिएको र त्यस्तो सम्झौता हुनु बदनियतपूर्ण रहेको अख्तियारको दाबी थियो ।

अख्तियारले कर महसुल लगायतका विषय राज्यकोषमा दाखिला नहुने गरी चिनियाँ कम्पनी सीएएमसीलाई दोहोरो लाभ दिन लगाइएको आरोप लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?