+

डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाए पनि कर्णाली सुदूरपश्चिमसँग पराजित

२०८३ कात्तिक  २० गते १६:१९ २०८३ कात्तिक २० गते १६:१९

सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् ।

२० कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारमा डेब्यु गर्दै सानदार ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ नदिँदा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।

सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट शानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् ।

पाँच खेलमा सुदूरपश्चिमको यो तेस्रो जित हो र ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो र ४ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मद्दतमा अविजित ९३ रन बनाए । विकेटकिपर दीपक डुम्रेले १२ बल खेल्दै ३ चौका १ छक्का मद्दतमा १८ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । २४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । विनोद भण्डारी २२ बलमा २ चौका र २ छक्का प्रहार रग्दै २७ रन जोडे ।

सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । तर आठौं ओभरमा विनोद र नवौँ ओभरमा जैबको विकेट गएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो ।

यस्तै ब्राण्डन म्याकमुलेनले १६ बलमा २ चौका र १ छकक् प्रहार गर्दै २४ रन बनाउँदा इशान पाण्डेले १३ बलमा ३ छक्का प्रहार गर्दै २३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए ।

लोअर अर्डरमा थरिन्द्र रत्नायकेले आक्रमक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २२ रन बनाए । स्कट कुगेलेइनले ६ बल खेल्दै २ चौका मद्दतमा अविजित १३ रन बनाए । सुदूरपश्चिमले अन्तिम ५ ओभरमा ५७ रन जोडेको थियो ।

बलिङमा कर्णालीका लागि मार्क वाटले २ तथा नन्दन यादव, हुसेन तलत र सुर्य तामाङले १-१ विकेट लिए ।

एनपीएल कर्णाली सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय