+
+
Shares

स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १७:४१

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन् ।
एमाले दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
एमाले, कांगेस, तत्कालीन माओवादीलगायतका दलले पश्चिमा शक्तिको स्वार्थ पूरा नगरेपछि ती शक्तिहरूविरुद्ध आक्रमण गरेर पार्टी भवन र नेताका घर ध्वस्त पारिएको बादलले दाबी गरे ।
विगतमा पश्चिमा शक्तिले नै सद्दाम हुसेन, ओसामा विन लादेनलाई उठाएको र पछि उनीहरू बाधक बनेपछि नष्ट पारेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?