News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले भिसा उद्देश्य विपरीत काम गरेको पाइएपछि १० विदेशीलाई निष्कासन गर्ने निर्णय गरेको छ ।
- मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’को कार्यक्रममा आएका उनीहरूलाई ३ वर्ष नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गरिने छ ।
- पर्यटक भिसामा आएका उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ, र १ नाबालकलाई आमाबुबासँगै प्रस्थान गराइने छ ।
२० कात्तिक, काठमाडौं । अध्यागमन विभागले भिसा उद्देश्य विपरीत काम गरेको पाइएपछि १० विदेशीलाई निष्कासन गर्ने निर्णय गरेको छ ।
मोरङ कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक नाबालक सहित १० विदेशीलाई तीन वर्षसम्म नेपाल पुन: प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।
पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्य विपरीत काम गरी अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा जनही ५० हजार रुपैयाँ जरिबाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो ।
निष्कासित हुनेमध्ये ५ जना अमेरिका, २ ब्राजिल र ३ जना क्यानडाका छन् । तीमध्ये नाबालकलाई उनको आमाबुबासँगै प्रस्थान गराउने निर्णय भएको छ ।
प्रतिक्रिया 4