News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं लाजिम्पाटको र्याडिसन होटलमा ‘जापानिज फुड फेस्टिभल’ नोभेम्बर ९ सम्म साँझ ५ देखि ८ बजेसम्म सञ्चालन भइरहेको छ।
- नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वर्ष र होक्काइडो ग्रुपको सातौं वार्षिकोत्सव अवसरमा आयोजित महोत्सवमा प्रतिव्यक्ति ३ हजार रुपैयाँको जापानी डिनर बुफे उपलब्ध छ।
- आयोजकले खानाको गुणस्तर र सहजताका लागि दैनिक ७० जनालाई मात्र सीमित गरेको छ र ६ देखि १२ वर्षका बालबालिकालाई ५० प्रतिशत छुट दिएको छ।
२० कात्तिक, काठमाडौं । जापानी खाना पारखी लक्षित गर्दै काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनमा ‘जापानिज फुड फेस्टिभल’ उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष र नेपालमा जापानी स्वाद पस्कँदै आएको ‘होक्काइडो ग्रुप’ को सातौं वार्षिकोत्सव अवसर पारेर यो विशेष महोत्सव आयोजना गरिएको हो ।
नोभेम्बर ३ देखि सुरु भएको यो महोत्सव ९ नोभेम्बरसम्म हरेक दिन साँझ ५ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।
अनलिमिटेड शुशी र विशेष मेनु
महोत्सवको मुख्य आकर्षण ‘जापानिज डिनर बुफे’ हो, जहाँ ग्राहकले असीमित शुशीको मजा लिइरहेका छन् । प्रतिव्यक्ति ३ हजार रुपैयाँ तोकिएको यस प्याकेजमा अनलिमिटेड शुशीका साथै एउटा जापानी डिजर्ट र सफ्ट ड्रिंक समावेश छ ।
शाकाहारी ग्राहक लक्षित गर्दै एभोकाडो, तोफु लगायत ‘भेज शुशी’ को समेत व्यवस्था गरिएको छ । त्यस्तै परिवार सहित आउने ग्राहक सहजताका लागि ६ देखि १२ वर्षसम्मका बालबालिकालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
होक्काइडो ग्रुप संस्थापक अर्जुन अधिकारीका अनुसार यो फेस्टिभल व्यापारमुखी मात्र नभई ७ वर्षसम्म साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो ।
‘म सन् २००१ मा पहिलो पटक जापान गएको थिएँ, होक्काइडोमा मैले जापानी खानाको संस्कृति, आत्मीय आतिथ्य र हरेक काम ध्यान दिएर गर्ने शैली अनुभव गरें,’ उनी भन्छन्, ‘त्यो अनुभव नेपालका मानिसहरूसँग पनि बाँड्न चाहन्थें, यही सोचबाट २०१९ मा पार्क भिलेजबाट हामीले होक्काइडो ग्रुपको यात्रा सुरु गर्यौं ।’
कार्यक्रम स्थलको क्षमता १ सय जनाभन्दा बढीको भए पनि खानाको गुणस्तर र ग्राहकको सहजता ध्यानमा राख्दै आयोजकले दैनिक ७० जनालाई मात्र सीमित गरेको छ ।
‘भिडभाड गरेर व्यापा मात्र बढाउनुभन्दा पनि आउने अतिथिहरूले शान्तसँग इन्जोय गर्न सकुन् भनेर हामीले सिट सीमित गरेका हौं,’ उनले भने, ‘सबैतिरका ग्राहकलाई पार्किङ र आउजाउमा सहज होस् भनेर र्याडिसन होटल छनोट गरिएको हो ।’
फेस्टिभलमा जापानी र नेपाली सेफहरूले सँगै काम गरिरहेका छन् । यसले एकअर्काबाट सिक्ने र नयाँ परिकार विकास गर्ने अवसर मिलेको आयोजकको भनाइ छ ।
अधिकारीका अनुसार होक्काइडो ग्रुपका ९५ प्रतिशत ग्राहक नेपाली हुन् । त्यसैले जापानी बेस नबिगारी नेपाली जिब्रो सुहाउने स्वाद दिन उनीहरू सफल भएका छन् ।
खानाको प्रामाणिक स्वाद बचाउन सस, स्टक, वासाबी लगायत ९५ प्रतिशतभन्दा बढी अत्यावश्यक सामग्री सिधै जापानबाटै ल्याइने गरिएको छ ।
होक्काइडो ग्रुपको १० आउटलेट
सन् २०१९ देखि सुरु भएको होक्काइडो ग्रुपले हाल काठमाडौं, पोखरा र चितवनमा गरी १० वटा आउटलेट सञ्चालन गरिरहेको छ । जापानी फुड कल्चर र वर्क कल्चरलाई नेपालमा स्थापित गराउन यो ग्रुप अग्रणी मानिन्छ ।
महोत्सव ९ नोभेम्बरसम्म मात्र चल्ने र सिट सीमित (दैनिक ७० जनामात्र) भएकाले सहभागी हुन चाहनेलाई समयमै टेबुल रिजर्भ गर्न आयोजकले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4