२० कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले कार्ययोजना प्रस्तुत गर्दैछन् ।
शुक्रबार पनि समितिको बैठक बसेको थियो । शुक्रबार उजुरीकर्तासँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिएको थियो ।
आज शनिबार जनक पाण्डेसँगै गोकर्ण डाँगीको सुनुवाइ हुँदैछ । सोही अनुसार सुरुमा पाण्डेले कार्ययोजना प्रस्तुत गर्न लागेका हुन् । पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरू परेका छन् । जसमा ५ जनाले सबैविरुद्ध उजुरी दिएका छन् ।
असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया 4