+
+
Shares

कुकुर पूजाका ५ तस्वीर

आज देशभर हिन्दू धर्मावलम्बीहरूले कुकुरको पूजा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १७:०८
बागलुङ नगरपालिका भित्रका समस्याग्रस्त सामुदायिक कुकुरलाई होस्टेलमा खानपानसहित नगरपालिकाले राख्दै आएको छ । अहिले कुकुर होस्टेलमा ३० वटा सामुदायिक कुकुर रहेका छन् । तस्वीर : खेमराज गौतम, रासस

२२ कात्तिक, काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाएको छ ।

आज देशभर हिन्दू धर्मावलम्बीहरूले कुकुरको पूजा गरेका छन् ।

यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।

मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।

कुकुर तिहारका अवसरमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा आइतबार घरमा पालिएको कुकुरको पूजा गर्दै स्थानीयवासी । तस्वीर : कुलदीप न्यौपाने/रासस

 

कुकुर तिहारको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले आज काठमाडौंको नारायणचौरमा आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरीको केनाइन तालिम प्राप्त कुकुर सम्बालाई सम्मान गर्दै । तस्वीर :  किरणराज विष्ट/रासस
सङ्खुवासभाको सदरमुकाम खादबारीमा कुकुर तिहारको दिन कुकुरलाई बिस्कुट खुवाउँदै बालबालिका । तस्वीर : भविन कार्की /रासस

 

तिहार पर्व अन्तर्गत आज कुकुर तिहारको दिन काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजुमा कुकुर पूजा गरि कुकुर तिहार मनाउँदै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?