News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको उत्तर प्रदेशको चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
- जिल्लाधिकारी पुलकित गर्गले दुर्घटना गएराति करिब २ः३० बजे मऊ तहसिलको रामनगरनजिक भएको बताउनुभयो।
- ट्रयाक्टरसँग जोड्ने हुक निस्किएपछि ट्रली अनियन्त्रित भएर सडक किनारमा पल्टिएको र यात्रुहरू ट्रलीमुनि च्यापिएका थिए।
२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
चित्रकूटका धार्मिक स्थलहरूको दर्शन गरेर फर्किरहेका यात्रु सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जना तीर्थयात्रीको मृत्यु भएको हो ।
जिल्लाधिकारी पुलकित गर्गले दुर्घटना गएराति करिब २ः३० बजे मऊ तहसिलको रामनगरनजिक भएको बताएका छन् ।
ट्रयाक्टरसँग जोड्ने हुक निस्किएपछि ट्रली अनियन्त्रित भएर सडक किनारमा पल्टिएको बताइएको छ । दुर्घटनापछि ट्रलीमुनि च्यापिएर यात्रुहरू फसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4