News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको पाख्रीबास नगरपालिका-९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।
- जिल्ला प्रहरी कार्यालय धनकुटाले विष्णु घिसिङको घरमा छापा मारेर १४ ठूलो र १६ सानो कौडा बरामद गरेको छ।
- प्रहरीले जुवाको खाल र पक्राउ परेकासँग गरी १ लाख ११ हजार ३ सय १५ रुपैयाँ बरामद गरेको छ।
२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ठूलो कौडा १४ वटा र सानो कौडा १६ वटा बरामद गरेको छ ।
त्यसैगरी, जुवाको खालबाट नगद ४ हजार रुपैयाँ र पक्राउ परेका सात जनाको साथबाट १ लाख ७ हजार ३ सय १५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले कुल १ लाख ११ हजार ३ सय १५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका वडा नं. ९ का ५५ वर्षीय विष्णु घिसिङ, ३४ वर्षीय अरुण घिसिङ, ३९ वर्षीय रमेश घिसिङ, ३४ वर्षीय लिलबहादुर मगर, ४४ वर्षीय लक्ष्मीकुमार मगर, २६ वर्षीय जसमान तामाङ र ४८ वर्षीय वीरबहादुर घिसिङ रहेका छन् ।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4