News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार दिउँसो परेको असिना सहितको दर्के झरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पानी पसेर भुइँ जलमग्न भएको छ ।
- जलमग्न भएपछि चेक इन काउन्टर र भित्र रहेका यात्रु बाहिर निस्कन नसकेर समस्यामा परेका छन् ।
- प्राधिकरणका अधिकारीले कमसल छानोबाट पानी चुहिएको बताए र जमेको पानी हटाउने तथा यात्रुलाई सहज आउजाउ गराउने व्यवस्था मिलाइरहेको खुलाए ।
२५ कात्तिक, काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिना सहित दर्के झरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनभित्र पानी पसेको छ ।
टर्मिनल भवनभित्र पानी पसेर भुइँ जलमग्न भएपछि विभिन्न गन्तव्यका लागि उड्न तयार यात्रुहरू समस्यामा परेका छन् ।
विभिन्न वायुसेवा कम्पनीका चेक इन काउन्टरमा बोर्डिङ पास लिएका यात्रुसँगै भित्र रहेका यात्रु बाहिर निस्कन पानीका कारण समस्या भएको हो ।
विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार दर्के पानी कमसल छानोबाट चुहिएर भुइँ जलमग्न भएको हो ।
‘चेक इन काउन्टरबाट भित्र जाने भाग जलमग्न भएको छ,’ ती अधिकारीले भने, ‘जमेको पानी हटाउने र यात्रुलाई सहज आउजाउ गर्ने व्यवस्था मिलाइरहेका छौं ।’
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल भवनमा गत वर्ष पनि बर्खा याममा यसैगरी पानी पसेर जलमग्न भएको थियो ।
प्रतिक्रिया 4