२७ कात्तिक, काठमाडौं । उद्योगमन्त्री महेश बस्नतेले मुलुकको औद्योगिकरणमा अर्थ मन्त्रालयले असहयोग गरेको आरोप लगाएका छन् । वैदेशिक लगानी नेपालमा भित्र्याउने सम्बन्धी नयाँ वैदेशिक लगानी नीति अर्थ मन्त्रालयले अड्काएर राखेको उनले बताएका छन् ।
यसअघि बन्द रहेका उद्योग सञ्चालन गर्ने सम्बन्धमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयवीच विवाद जारी रहेको बेला बस्नेतको यस्तो अभिव्यक्ति आएको हो ।
रिपोर्टर्स क्लवले विहिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उद्योगमन्त्री बस्नेतले नेपालको औैद्योगिक क्रान्तिको जग बसाल्न नयाँ वैदेशिक लगानी नीति ल्याउने बताए ।
उनले अर्थ मन्त्रालयको असहयोगले केही दिन पर गएको भएपनि छिट्टै वैदेशिक नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
बस्नेतले विशेष आर्थिक क्षेत्र (सेज) प्रति विदेशी उधोगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याउन लागिएको बताए । नेपालमा विदेश लगानी भित्र्याउन नयाँ नीतिले महत्वपूर्ण भूमिका खेल्ने पनि मन्त्री बस्नेतले जानकारी दिए ।
यसैवीच मन्त्री बस्नेतले भैरहवामा तयार भएको सेज परियोजना आगामी मंसिर २ गते उद्घाटन गर्ने बताएका छन् । भैरहवामा केही महिना अघि ५२ विघा जमिनमा ५४ करोड लागतमा निर्माण सम्पन्न भएको सेजमा सहभागीता जनाउन उद्योगी व्यापारीहरुलाई आहृवान गर्दै २ गतेदेखि खुल्ला हुने समेत बताएका हुन् ।
उनले अर्थ मन्त्रालयले राजश्व संकलनको मात्रै लक्ष्य लिएको प्रति गुनासो पोख्दै उद्योगहरुको विकास नभएसम्म देश समृद्धिको यात्रामा अघि बढ्न नसक्ने ठोकुवा गरे ।
उनले भने- ”सरकारले राजश्व मात्रै संकलन गरेर हुँदैन, जनताको आधारभूत आवश्यकत्ता पुरा गर्ने उद्योगहरु स्थापना गरेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ । ”
माओवादीलाई ठाउँ दिनुपर्छ
एमाओवादीको प्रखर आलोचकका छबी बनाएका बस्नेतले संविधान निर्माणमा माओवादील्ााई ठाउ दिनुपर्ने बताए ।
प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि एमाओवादीलाई राजनीतिक स्थान दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले निर्धारित मितिमा संविधान जारी गर्ने सन्दर्भमा एमाओवादी भाग्न नमिल्ने बताए ।
उनले भने-‘संविधानसभा माओवादी कै एजेण्डा हो, सन्तान जन्माएर मार्न मिल्दैन ।”
प्रतिक्रिया 4