+

एक्कासी रक्तचाप कम भएको महसुस भएमा तत्काल के गर्ने ?

२०८३ मंसिर  ३ गते १५:०५ २०८३ मंसिर ३ गते १५:०५
एक्कासी रक्तचाप कम भएको महसुस भएमा तत्काल के गर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रक्तचाप कम हुँदा अलमल, रिँगटा, थकान, दृष्टि धमिलो, टाउको दुखाइ, वाकवाकी, बेहोस र मुटुको धड्कन तीव्र हुने लक्षण देखिन सक्छन्।
  • अचानक रक्तचाप घटेमा केही नगरी बस्न, पानी र झोल खानेकुरा पिउन, चिसो ठाउँमा जान र चिकित्सकको औषधि निर्देशनअनुसार खान लेखिएको छ।
  • बेहोस, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन अनियमित हुने, छाला चिसो हुने वा ओठ-नङ नीलो/पहेँलो देखिए तुरुन्त अस्पताल जानुपर्नेछ।

रक्तचापको समस्या भन्नेबित्तिकै हामी रक्तचाप बढ्नु भन्ने बुझ्ने गर्छौं । अहिले उच्च रक्तचाप देखिनु आम समस्या बनिरहेको छ । अहिले यस्तो कुनै घर भेट्न मुस्किल छ, जहाँ उच्च रक्तचापको समस्या भएका व्यक्ति नहुन् ।

रक्तचापको गडबडीमा उच्च रक्तचाप नै बढी देखिने भए पनि न्यून रक्तचापको समस्या पनि धेरैलाई देखिन्छ । रक्तचाप कम हुँदा पनि यसले निभिन्न समस्या र स्वास्थ्य जोखिम निम्त्याउन सक्छ ।

के हो रक्तचाप ? 

नेशनल हार्ट, लङ एण्ड ब्लड इन्स्टिच्युटका अनुसार, रक्तचाप भनेको रक्तनलीका भित्ताहरूमा रगतले दिने दबाब हो । रक्तनलीहरू साँघुरो हुनु वा शरीरभरि रगत र अक्सिजन पठाउन मुटुले धेरै मेहनत गर्नुपर्ने अवस्था जस्ता विभिन्न कारणहरूले गर्दा यो दबाब सामान्य अवस्थाभन्दा तल-माथि हुन सक्छ । रक्तनलीहरूले मुटुबाट शरीरका अन्य भागमा रगत पुर्‍याउँछन् । यो प्रक्रियामा कुनै पनि प्रकारको अवरोध आएमा रक्तचापसम्बन्धी समस्या देखापर्छ ।

सामान्यतया, १२०/८० एमएमएचजी भन्दा कमको रक्तचापलाई सामान्य मानिन्छ ।  न्यून रक्तचापलाई ‘हाइपोटेन्सन’ पनि भनिन्छ । यो भनेको सामान्य दायराभन्दा निकै कम रक्तचाप हुनुलाई बुझाउँछ । यस्तो अवस्थालाई बेवास्ता गर्नु हुँदैन, किनकि लामो समयसम्म रक्तचाप न्यून रहिरहँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।

रक्तचाप कम हुनुको कारण के हो ?

शरीरका विभिन्न अंगहरू, हर्मोनहरू र स्नायुहरूले रक्तचापलाई नियन्त्रण गरिरहेको हुन्छ । उदाहरणका लागि, ‘अटोनोमिक नर्भस सिस्टम’ ले ‘लड्ने वा भाग्ने’ संकेतहरू पठाउँछ । यसले परिस्थिति अनुसार मुटु र शरीरका अन्य प्रणालीहरूलाई रक्तचाप बढाउन वा घटाउन निर्देशन दिन्छ। यदि ‘अटोनोमिक नर्भस सिस्टम’ मा कुनै समस्या आएमा यसले रक्तचाप कम गराउन सक्छ।

–चोटपटकका कारण धेरै रगत बग्नु

–शरीरमा पानीको कमी)

–मधुमेह

–एरिथमिया जस्ता मुटुसम्बन्धी समस्याहरू

–उच्च रक्तचाप, डिप्रेसन वा पार्किन्सनजस्ता रोगका लागि लिइने औषधिहरू

–गर्भावस्था

यसबाहेक, वृद्धवृद्धाहरूमा कम रक्तचापका लक्षणहरू देखा पर्ने जोखिम बढी हुन्छ। यसमा लड्नु, बेहोस हुनु वा चक्कर आउनुजस्ता समस्याले पनि रक्तचाप कम हुन्छ।

रक्तचाप कम हुँदा कस्ता लक्षणहरू देखिन्छन् ?

–अलमल वा अन्योल महसुस हुनु

–रिँगटा लाग्नु वा टाउको हलुका भएको महसुस हुनु

–थकान वा कमजोरी महसुस हुनु

–दृष्टि धमिलो हुनु

–टाउको दुख्नु

–घाँटी वा ढाड दुख्नु

–वाकवाकी लाग्नु

–बेहोस हुनु

–मुटुको धड्कन तीव्र हुनु, वा मुटुको धड्कन जोडले धड्केको वा असाध्यै छिटो चलेको महसुस हुनु ।

यदि अचानक रक्तचाप घट्यो भने के गर्ने ?

कहिलेकाहीँ, काम गरिरहँदा वा उभिरहँदा व्यक्तिको रक्तचाप अचानक घट्न सक्छ । यस्तो बेला मानिसहरूलाई के गर्ने भन्ने थाहा नहुन सक्छ । तत्काल केही रक्तचाप कम भएको यकीन भएमा तत्काल केही उपायहरू अपनाएर त्यो अवस्थालाई सहज बनाउन सकिन्छ ।

–रक्तचाप कम भएको महसुस भयो भने एकछिन केही नगरी बस्नु राम्रो हुन्छ । यसले आराम मिल्छ र रक्तचापलाई सामान्य अवस्थामा फर्काउन मद्दत गर्छ।

–शरीरमा पानीको मात्रा कमीका कारण पनि रक्तचाप कम हुन सक्ने भएकाले, पानी तथा झोल खानेकुरा पिउनुपर्छ ।

–धेरै गर्मी भएको अवस्थामा रक्तचाप कम भएको छ भने चिसो ठाउँमा जानुपर्छ । धेरै गर्मी वा गुम्सिएको ठाउँमा रक्तनलीहरू फुलेर प्रेसर कम हुन सक्छ।

–यदि चिकित्सकले रक्तचाप व्यवस्थापन गर्न पहिले नै कुनै औषधि सिफारिस गरेका छन् भने, निर्देशनअनुसार उक्त औषधि सेवन गर्नुपर्छ ।

कस्तो अवस्था भएमा तुरुन्तै अस्पताल जाने ?

–बेहोस भएमा

–छाती दुखेमा, सास फेर्न गाह्रो भएमा

–मुटुको धड्कन अनियमित भएमा।

–छाला चिसो र पसिनाले भिजेको भएमा

–ओठ-नङ नीलो/पहेँलो देखिएमा।

'हाइपोटेन्सन' रक्तचाप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय