+

बिहान खाली पेटमा नीमका पात चपाउँदा के फाइदा हुन्छ ?

२०८३ मंसिर  १३ गते १७:०७ २०८३ मंसिर १३ गते १७:०७
बिहान खाली पेटमा नीमका पात चपाउँदा के फाइदा हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेद विशेषज्ञका अनुसार बिहान खाली पेटमा सीमित मात्रामा नीमका पात सेवन गर्दा पाचन प्रणाली बलियो बनाउन र अनुहारका दागधब्बा कम गर्न मद्दत पुग्न सक्छ।

बिहान उठेपछि शरीरलाई स्वस्थ र ऊर्जावान् राख्ने खानेकुरा सेवन गर्नुपर्छ भन्ने मान्यता छ । यस्तो गर्दा शरीरमा रहेका हानिकारक पदार्थ बाहिर निस्कने र दिनभरि ताजा तथा ऊर्जावान् महसुस हुने विश्वास गरिन्छ।

नीम हामीले परम्परादेखि नै घरेलु औषधिका रूपमा प्रयोग गर्दै आइरहेका छौं । आयुर्वेद चिकित्सकमा पनि नीमलाई औषधीय गुणले भरिपूर्ण वनस्पति मानिन्छ । खाली पेटमा नीमका पात चपाउँदा शरीरलाई विभिन्न फाइदा पुग्ने विश्वास गरिन्छ।

आयुर्वेद विशेषज्ञका अनुसार बिहान खाली पेटमा सीमित मात्रामा नीमका पात सेवन गर्दा पाचन प्रणालीलाई बलियो बनाउन सहयोग पुग्नुका साथै अनुहारमा देखिने दागधब्बा कम गर्न पनि मद्दत मिल्न सक्छ ।

१. मुखको दुर्गन्ध कम गर्न सहयोग

आयुर्वेद चिकित्सकका अनुसार नीममा एन्टिब्याक्टेरियल गुण पाइन्छन् । यसले मुखमा रहेका हानिकारक ब्याक्टेरियाको संख्या घटाउन मद्दत गर्न सक्छ । बिहान उठ्नेबित्तिकै नीमका पात चपाउँदा मुखबाट आउने दुर्गन्ध कम हुनुका साथै गिजालाई पनि फाइदा पुग्न सक्छ । यही कारणले अहिले बजारमा पाइने कतिपय जडीबुटीयुक्त टुथपेस्टमा पनि नीमको गुण रहेको दाबी गरिन्छ।

२. पाचन प्रणालीलाई ठिक राख्छ

नियमित रूपमा खाली पेटमा नीमका पात चपाउँदा पाचन प्रक्रिया सुधार गर्न सहयोग पुग्न सक्छ । उचित र सन्तुलित मात्रामा यसको सेवन गर्दा पेटसम्बन्धी केही समस्याबाट राहत मिल्न सक्छ । यसले ग्यास र अपचको समस्या कम गर्न पनि मद्दत गर्न सक्छ । यद्यपि, पेट संवेदनशील भएका व्यक्तिले यसको सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।

३. छालाका लागि फाइदाजनक

आयुर्वेद विशेषज्ञका अनुसार नीममा पाइने तत्त्वले शरीरबाट हानिकारक पदार्थ बाहिर निकाल्न मद्दत गर्न सक्ने विश्वास गरिन्छ । यसले छालामा हुने केही प्रकारका संक्रमण तथा डन्डिफोरको समस्या कम गर्न पनि सहयोग पुर्‍याउन सक्छ । यही कारणले धेरै मानिसले नीमका पात अनुहारको छालामा समेत प्रयोग गर्ने गर्छन् ।

४.रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ

नीममा शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्ने विभिन्न प्राकृतिक तत्त्व पाइन्छन् । सीमित मात्रामा नियमित रूपमा नीम सेवन गर्दा शरीरलाई संक्रमणसँग लड्न मद्दत पुग्न सक्छ।

दैनिक कति नीमका पात सेवन गर्ने ?

आयुर्वेद विशेषज्ञका अनुसार नियमित रूपमा चारदेखि पाँचवटा ताजा नीमका पात सेवन गर्न सकिन्छ । तर, नीमका पात धेरै मात्रामा सेवन गर्नु हुँदैन । बढी सेवन गर्दा पेट पोल्ने, वाकवाकी लाग्ने वा अन्य स्वास्थ्य समस्या देखिन सक्छन् । त्यसैले आवश्यकताभन्दा बढी नीमका पात सेवन नगर्नु उचित हुन्छ ।

रक्तचाप कम भएका व्यक्ति कुने दीर्घरोग भएका र नियमित औषधि सेवन गरिरहेका व्यक्तिले भने विशेषज्ञको सल्लाहबिना नीमको पात सेवन गर्नु हुँदैन ।

निम पत्ता नीम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बिहान खाली पेटमा नीमका पात चपाउँदा के फाइदा हुन्छ ?

बिहान खाली पेटमा नीमका पात चपाउँदा के फाइदा हुन्छ ?

आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?

आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको