+
+

सवारी दुर्घटनामा घाइते सभासद खड्काको निधन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २१ गते १५:२१

२१ मंसिर, काठमाडौं । सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सभासद हरि खड्काको निधन भएको ।

HariKhadkaबाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत खड्काको आइतबार साँझ निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

बुधबार बाग्लुङमा भएको सवारी दुर्घटनामा परी सभासद खड्का घाइते भएका थिए । ग १ झ २२४ नम्बरको पिकअप जिप भकुण्डे ९ कमिरे भन्ने स्थानमा दुर्घटना हुँदा सभासद खड्कासहित चार जना घाइते भएका थिए ।

बाग्लुङ १ बाट प्रत्यक्ष निर्वाचित सभासद खड्कालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?