+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चन्द्रागिरिबाट काठमाडौंलाई चिहाउँदा (फोटो कथा)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १४ गते १५:४१

काठमाडौं । दक्षिणकाली नपुग्दै ढुंगा छापेको उकालोतर्फ हात्तीवन रिसोर्ट एरियाको हाइकिङ्ग रुट भेटिन्छ । राजधानी छाडेर एक दिन पहाड डुल्न चाहने काठमाडौंबासी यही बाटो पछ्याउँदै चन्द्रागिरिको उकालो चढ्छन् । र, डाँडाबाट हेर्छन् एउटा रमाइलो संसार ।

चन्द्रागिरिबाट उपत्यकामा तुवाँलो देखिन्छ भने पृष्ठभूमिमा लाङटाङ हिमश्रृखला
चन्द्रागिरिबाट उपत्यकामा तुवाँलो देखिन्छ भने पृष्ठभूमिमा लाङटाङ हिमश्रृखला

हात्तिवन रिसोर्टको हाइकिङ्ग रुट चम्पादेवी, भष्मासुर, चन्द्रागिरि, देउराली, भालेश्वर, चित्लाङ्ग भञ्ज्याङ्ग हुँदै थानकोट पुगेर टुंगिन्छ ।
यात्रालाई लम्ब्याउने यात्रीहरु हात्तीवनबाट चन्द्रागिरि हुँदै ओरालो झरेर मकवानपुरको चित्लाङ्गमा बास बस्छन् । चित्लाङ्गबाट कुलेखानीको इन्द्र सरोवरमा डुंगा चढेर मजा लिन धेरै यात्रीहरुले कुलेखानीलाई अर्को गन्तव्य बनाएका हुन्छन् । राजधानीका कयौं यात्रीहरु इन्द्रसरोवरको शयरपछि मकवानपुरको दामनसमेत पुग्ने गर्छन् ।

ठाडो उकालो र जंगलै जंगलको बाटो भएकाले यात्रीहरुले पानी र खाजा बोक्न जरुरी छ । बाटामा स-साना पसलहरु फाट्ट-फुट्ट भेटिन्छन् । तर, भनेजस्तो खाजा नभेटिन सक्छ । ढुंगा छापिएको अप्ठयारो बाटोमा हिँड्न स्पोर्ट जुत्ता लगाउनु आवश्यक छ ।

विहानीपख भालेश्वरबाट हेर्दा गणेश हिमालमा मनमोहक झुल्के घाम देख्न सकिन्छ
विहानीपख भालेश्वरबाट हेर्दा गणेश हिमालमा मनमोहक झुल्के घाम देख्न सकिन्छ

राजधानीको रमाइलो दृश्यहरु हात्तिवन रिसोर्ट एरियाबाटै  देखिन थाल्छ । चम्पादेवीको उकालो जति चढ्दै गयो, उति नै हिमाल नजिक आइरहेको आभास हुन्छ । उपत्यकाको क्रक्रिट-जंगलसँगै भर्खरै बनेका गगनचुम्बी भवनहरु समेत छर्लगै देखिन्छन् । काठमाडौं उपत्यकातिर तुवाँलो वा हुस्सु मडारिएको हुन्छ । हुस्सुभित्र उपत्यकाको लुकामारी हेर्नुको मज्जा अर्कै हुन्छ ।

नाकै ठोकिने उकालो पहाड चढ्दै जाँदा बेला-बेलामा सल्लाघारी सुसाउँदै आउने चिसो सिरेटोले शीतलता दिइरहेको हुन्छ ।
चन्द्रागिरि पहाड पुग्न चम्पादेवी टाकुरा मात्रै होइन, भष्मासुर चुचुरो हुँदै देउराली भञ्ज्याङ्ग पार गर्न जरुरी हुन्छ । यी हरेक पहाडको चुचुरोमा  पुग्दा बेग्लै रोमाञ्चकता महसुुस हुन्छ ।

चन्द्रागिरि पहाडमा केवुलकारको निर्माण धमाधम भइरहेको छ
चन्द्रागिरि पहाडमा केवुलकारको निर्माण धमाधम भइरहेको छ

हिमाल हेर्नका लागि चन्द्रागिरि एउटा उत्तम गन्तव्य हो । राजधानीबाट देख्न नसकिने अन्नपूर्ण, माछापुछ्रे हिमाल चन्द्रागिरिबाट स्पष्टै देखिन्छ । यहाँबाट पूर्वीक्षेत्रमा सगरमाथासमेत राम्रोसँग देखिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुछ्रेका साथै मनास्लु, गणेश, लाङ्गटाङ्ग, लाक्पा दोर्जे र सगरमाथाको अवलोकन गर्न सकिन्छ ।

चन्द्रागिरि क्षेत्रको ऐतिहासिक तथा पौराणिक महत्व उत्तिकै छ । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले राजधानी एकीकरण गर्नुअघि चन्द्रागिरिमा बसेर युद्धमोर्चाको निर्माणलगायत योजना बनाएको इतिहासमा उल्लेख छ ।

भष्मासुर पहाडबाट हेर्दा काठमाडौं उपत्यकामा कुहिरोले ढाकेको देखिन्छ ।
भष्मासुर पहाडबाट हेर्दा काठमाडौं उपत्यकामा कुहिरोले ढाकेको देखिन्छ ।

हिन्दु धार्मिक ग्रन्थ कृष्णचरित्रमा महादेवसँग युद्ध लड्ने भष्मासुर राक्षस यसै ठाँउमा भष्म भएको कथा छ ।
चन्द्रागिरिको पर्यटकीय महत्वलाई उचाइ दिन थानकोटबाट तीन किलोमिटर लामो केबुलकार निजी क्षेत्रको लगानीमा निर्माण शुरु भइरहेको छ । भर्खरै चन्द्रागिरि पहाडसम्म पुग्न त्यहाँ मोटरबाटो चालु भइसकेको छ ।

राजधानीबाट तराई पुग्न सबैभन्दा छोटो बाटो यही हो । यो कच्ची बाटोबाट चन्द्रागिरि फाखेल हुँदै कुलेखानी निस्केर हेटौडा पुग्न सकिन्छ ।
हेरौं विभिन्न समयमा देखिएका चन्द्रागिरि वरपरका मनमोहन दृश्यः

हात्तिवनबाट हेर्दा उपत्यकाको क्रंक्रिट जंगल यस्तो देखिन्छ
दक्षिण तर्फको फाखेल गाँउ उस्तै रमणीय छ ।
दक्षिण तर्फको फाखेल गाँउ उस्तै रमणीय छ ।
chandragiri-8
चन्द्रागिरिको चुच्चोबाट भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकलगायत पूर्वी क्षेत्रको पहाड देख्न सकिन्छ
chandragiri-9
रामकोट,नार्गाजुन पहाडसँगै लाक्पा दोर्जे हिमाल उस्तै मनमोहक लाग्छ
chandragiri-10
हात्तीवनबाट चम्पादेवीतर्फ जाने बाटो यस्तो छ
chandragiri-11
फाखेलतर्फको दक्षिणी पहाड अर्को प्राकृतिक सुन्दरता हो ।
chandragiri-12
डाँडाबाट देखिने काठमाडौं उपत्यका
chandragiri-13
पश्चिमी पहाड र अन्नपूर्ण हिमश्रृखला
chandragiri-14
हिउँ पर्दा देउरालीबाट देखिएको उपत्यकाको दृश्य
chandragiri-15
काठमाडौं र नुवाकोटका विभिन्न पहाडसँगै देखिने लाङटाङ हिमाल
chandragiri-18
नवनिर्मित चन्द्रागिरि केवुलकारमा काम गर्दै मजदुर
chandragiri-19
चन्द्रागिरिबाट देखिने हिमाल यस्तो देखिन्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?