१५ माघ काठमाडौं । प्रभु बैंक लिमिटेडले र ग्राण्ड बैंक नेपाललाई खरीद गर्ने भएको छ ।
फाइनान्स कम्पनीबाट बिकाश बैंक हुँदै बाणिज्य बैंक बनेको प्रभु बैंक लिमिटेडले ‘क’ बर्गको अर्को बैंक खरिद गरी आफ्नो आकार र संजाललाई ब्यापक बनाउने भएको छ ।
खराव कर्जाका कारण राष्ट्र बैंकको सिघ्र सुधारात्मक कारवाही भोगिरहेको ग्राण्ड बैंकले तोकिएको समयमा सुधार गर्न नसक्ने देखेपछि बैंकको स्वामित्व बेच्ने बिकल्पमा अगाडी बढेको हो ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा प्रभु बैंकका अध्यक्ष देबीप्रकाश भट्टचन र ग्राण्ड बैंकका अध्यक्ष स्वरुप गुरुङले हस्ताक्षर गरे ।
यसै आर्थिक वर्षभित्र एक्वीजिसन गरिसकने प्रभुका अध्यक्ष भट्टचनले बताए । केहीदिनमै खरीदका लागि राष्ट्र बैंकका निवेदन दिने उनले बताए ।
‘प्रभू बैंकको नाममा एकीकृत कारोबारको उद्घाटन गर्दा राष्ट्र बैंकका गभर्नरले मर्जर तथा एक्वीजीसन सुधारगृह मात्रै भएको बताउनुभएको थियो’ भट्टचनले भने- ‘बैंकको अवस्था सुधार गर्नकै लागि हामी मर्जर र एक्वीजीसनमा अघि बढेका हौं ।’
सम्झौतासँगै प्रभुका ग्राहकलाई बैंक अझ बलियो भएर आएको सन्देश प्रवाहित भएको उनले बताए । एकआपसको समस्या समाधान गर्न एक भएर अघि बढ्नका लागि मर्जर र एक्वायर गरिएको भट्टचनको भनाई थियो ।
एक्वीजीसन पश्चात प्रभू बैंकको चुक्ता पुँजी पाँच अर्ब २० करोड ८८ लाख रुपैयाँ पुग्ने बताइएको छ । त्यसैगरी, कूल कर्जामा खराब कर्जाको अनुपात खराब कर्जा १६.१७ प्रतिशत र पुँजी कोष १०.२० प्रतिशत पुग्ने छ ।
त्यस्तै, एक्वीजिसन पश्चात बैंकका १ सय २३ शाखा र १ सय २४ वटा एटीएम हुनेछन । त्यस्तै निक्षेप ४५ अर्ब ९० करोड रूपैयाँ र कर्जा ३९ अर्ब ५ करोड रूपैयाँ हुने छ।
ड्यू डेलिजेन्स अडिट (डिडिए) पश्चातमात्रै सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गरिने भट्टचनले जानकारी दिए । प्रभुले ग्राण्ड खरिद गरेपछि कुनै पनि संचालक प्रभुको संचालक समितिमा रहनेछैनन् । प्रभु बैंकको नाम पनि साविककै रहने छ । ग्राण्ड बैंकका कर्मचारीलाई स्वेच्छिक अबकाशमार्फत अवकास दिइने प्रारम्भिक सम्झौता भएको बताइएको छ ।
यसैगरी प्रभु बैंकले खारेजी प्रकृयामा गएको नेपालको पहिलो बिकाश बैंक ‘नेपाल बिकाश बैंक’ पनि किन्ने भएको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4