+
+

माल्दिसका पूर्व राष्ट्रपतिलाई १३ वर्षको जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ३० गते १७:४६

३० फागुन, माले । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदलाई त्यहाँको अपराध हेर्ने अदालतले १३ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले उनलाई आतङ्कवादको आरोपमा जेल सजाय सुनाएको छ । उनलाई अनुसन्धानका लागि थुनामा राखिएको थियो ।

शुक्रबार सुनाइएको सजायको मालद्वीपमा पनि व्यापक विरोध भएको छ । मोहम्मद नसिदको पार्टीले अदालतको निर्णयको विरोध गर्दै यसले राजनीतिक प्रतिशोध साँधेको बताएको छ ।

उनको राजनीतिक दल मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी) ले यस निर्णय राजनीतिक रुपमा पूर्णरुपमा प्रेरित रहेको प्रतिक्रया दिएको छ । उक्त दलले दिएको प्रतिक्रियामा भनिएको छ–गएको तीन हप्तादेखि अनावश्यक रुपमा गरिएको सोधपुछ एवम् पीडापछि अन्ततः अदालतले राजनीति प्रेरित फैसला सुनाएको छ ।

मोहम्मद नसिद मालद्वीपको राष्ट्रपतिका रुपमा सन् २००८ मा निर्वाचित भएका थिए । तर, उनलाई विद्रोह गरी सन् २०१२ को फेब्रुअरीमा हटाइएको थियो ।

उनलाई वर्तमान सरकारले आतङ्कवादी क्रियाकलापलाई समर्थन गरेको आरोपमा विगतदेखि नै थुनामा राखेको थियो । तर, आफूमाथिका कुनैपनि आरोप सत्य नरहेको भन्दै उनले त्यसको खण्डन गर्दै आएका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?