१ चैत, काठमाडौं । पाकिस्तानको लाहोर शहरका दुई गिर्जा घर नजिक बम विष्फोट हुँदा कैयौं हताहत भएका छन् । ईसाई समुदायको बाहुल्य रहेको योहानावादमा विष्फोट भएको हो ।
विष्फोटमा कम्तिमा २ जनाको मृत्यु र २० जना घाइते भएको प्रारम्भिक जानकारी आएको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।
आइतबारको प्रार्थनामा सहभागी हुन गिर्जाघरमा गएकोबेला बम विष्फोट भएको थियो । पाकिस्तानमा ईसाई समुदायलाई लक्षित गरी यसअघि पनि आतंकवादी हमला हुँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4