+
+

‘मेडिकल कलेजको सम्बन्धन रोक्नु अरवौं डुबाउने खेल’

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते १६:१८

६ चैत, काठमाडौं । बरिष्ठ चिकित्सक र मेडिकल कलेज सञ्चालकहरुले त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयले नयाँ सम्बन्धन रोकेर निजी लगानी डुबाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

शिक्षा मन्त्रालयले मेडिकल कलेज खोल्न आशयपत्र (लेटर अफ ईन्टेन्ट) दिएर अरवौं लगानी भईसकेको अवस्थामा सम्वन्धन नदिनु गलत भएको उनीहरुको भनाइ छ ।

Medical-College-Debate

शुक्रवार राजधानीमा आयोजित साक्षात्कारमा ओम हस्पिटलका सञ्चालक तथा वरिष्ठ चिकित्सक डा. भोला रिजालले नेपालको मेडिकल शिक्षा संसारभरी नै उत्कृष्ट भएको भन्दै धेरै मेडिकल कलेज खोल्दैमा यहाँको गुणस्तरमा कमि नआउने दावी गरे ।

शिक्षा मन्त्रालयले आशयपत्र दिएपछि अरवौं लगानी भईसकेको अवस्थामा सम्बन्धन दिनु पर्ने भन्दै उनले यो समस्यालाई समाधान नगरे भयवाह रुप लिने चेतावनी दिए । उनले नेपालबाट मेडिकल शिक्षा लिएका ८० देखि ९० प्रतिशत विद्यार्थी काउन्सिलको परीक्षामा पास हुने गरेकोले पनि यहाँबाट विदेश पढ्न जाने विद्यार्थी रोक्न पनि सम्बन्धन दिनु पर्ने तर्क गरे ।

प्राईभेट मेडिकल कलेज एसोसिएशनका महासचिव डा. सुनिल शर्माले नयाँ मेडिकल कलेजलाई सम्बन्ध नदिनुमा मुठ्ठीभरका ब्यक्तिको पैसाको खेल भएको आरोप लगाए ।

सम्वन्धनको विरोध गर्दै आएका शिक्षण अस्पताल महाराजगन्जका डा. गोविन्द केसीलाई काठमाडौं छाडेर कालिकोट जान चुनौति दिदै उनले भएका मेडिकल कलेजहरुले नयाँ आउन नदिन सेण्डिकेट चलाएको दावी गरे ।

सर्वोच्च अदालतले सम्बन्धन दिन दिएको परमादेशको समेत अवहेलना गरेको भन्दै कानून अनुसार निजी कलेजलाई अनुमोदन दिनु पर्ने माग गरे ।

नेपालगञ्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनौडिया, काठमाडौ नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्धिन अन्सारी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. जागेश्वर गौतम, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केदार नरसिंह केसी लगायतले पनि धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?