+
+

अाजदेखि २० देशमा सामसुङ ग्यालेक्सी एस ६, सिक्स इजको अभाव चुलिने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २६ गते १०:३२

samsung-galaxy-6सामसुङ ग्यालेक्सी एस ६ र सिक्स इजको प्रतिक्षामाको समय सकिएको छ । कोरियाली मोबाइल उत्पादक कम्पनी सामसुङले आफ्ना दुई नयाँ मोडलका स्मार्टफोन अाजदेखि बिश्वका २० वटा मुलुकमा बिक्रि सुरु गर्दै छ ।

सामसुङ यतिबेला बिश्वभरबाट प्राप्त फोनको अर्डर ढुवानी गर्नमा ब्यस्त छ । प्रारम्भिक समिक्षामा सामसुङका यी दुई सेटले राम्रो प्रसंसा पाएपछि यतिबेला सामसुङमा ऐतिहासिक प्रि अर्डर प्राप्त भएको छ ।

सामसुङका बिजनेस हेडले हालै एक पत्रकार सम्मेलनमा भने- यी दुई सेटबाट हामीले ऐतिहासिक बिजनेस गर्ने अपेक्षा गरेका छौं, पि्र अर्डरको दर हेर्दा हामीलाई त्यो बिश्वास छ ।’

परम्परागत प्लास्टिक कभरको सट्टा आइफोनजस्तै मेटल कभरको प्रयोग गरिएका कारण सामसुङका नयाँ सेटलाई धेरै समिक्षकले राम्रो मूल्याङ्कन गरेका छन् । धेरैले यी दुई सेटलाई बजारमा उपलब्धमध्ये सवैभन्दा उत्कृष्ट एन्ड्रोइड सेटको संज्ञा दिएका छन् ।

सिक्स इजको अभाव हुने

यसैवीच घुमाउरो स्त्रिmनयुक्त सिक्स इजको बजारमा अभाव देखिने भएको छ । स्टाइलिस डिजाइनका कारण उपभोक्ताको माग सिक्स इजतर्फ केन्द्रीत हुने अनुमान भइरहेका बेला सामसुङले कर्भ स्त्रिmन उत्पादनमा ढिलाई भइरहेका कारण चाहिएजति फोन दिन नसकिने जनाएको छ ।

अर्को सातादेखि सामसुङले एशियाली मुलुकहरुमा यी दुई फोन सार्वजनिक गर्ने छ । नेपालमा बैशाख ९ गते सार्वजनिक हुने नेपालका लागि आधिकारिक बिक्रेता आईएमएसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?