Comments Add Comment

यी हुन् चर्चाका लागि नाङ्गो शरीरमा रंग पोत्ने नायिका

तनिषा सिंह, राखी सावन्त र पूजा भट्ट
तनिषा सिंह, राखी सावन्त र पूजा भट्ट

चर्चामा आउनका लागि अनेक तरिका अपनाउछन् नायिकाहरु । चर्चामा आउनकै लागि उत्तेजक पोज दिएर तस्बिर खिचाउने प्रचलन हलिउड, बलिउड र कलिउडमा समेत छ । हलिउड र बलिउडका केही नायिका छन्, जसले शरीरभरी पेन्टिङ गरेर न्युड पोज दिए । जुन तस्बिरले चर्चा पनि पायो । यसरी शरीर रंग्याएर आकर्षक तस्बिर खिचाउनेहरुको सूची नै तयार पारेको छ ‘टाईम्स अफ इण्डिया’ले । हेरौं त्यसरी सेक्सी पोज दिने को-को रहेछन् ।

नायिकावाट निर्मात्री भएकी पूजा भट्टले ज्यान रंग्याएको तस्बिरले निकै चर्चा पायो । उनले नाङ्गो शरीरमा पेन्ट गरेर डे्रस लगाएजस्तै पोज दिएर फोटो खिचाएकी थिईन् ।

अर्की बलिउड नायिका मिनाकले पनि नाङ्गो ढाडमा पेन्ट गरेपछि रामै्र चर्चा पाईन् । उनले सन् २०११ मा क्रिकेटको विश्वकप चलिरहेको वेला शरीरमा पेन्ट गरेर उधुम मच्चाएकी थिईन् । सानो र ठूलो पर्दामा सेक्सी बडी देखाएरै चर्चामा आउने राखी सावन्तले पनि बाघको स्वरुपमा प्रस्तुत गरिन् आफुलाई । उनलाई बाघको स्वरुपमा प्रस्तुत गर्न पेटाले सघाएको थियो ।

दक्षिण भारतीय नायिका तनिषा सिंहले आफ्नो शरीरमा नभरात्रीको चित्र बनाएकी थिईन् । पुनम जौहरले न्युड तस्बिर खिचाईन् । तर, उनले शरीरमा कपडा लगाएकै शैलिमा पेन्ट गरेकाले तस्बिर हेर्दा न्युड होईन कि जस्तो देखिन्थ्यो ।

हलिउड नायिका चार्ली थेरोले गोल्ड पेन्टमा न्युड तस्बिर खिचाईन् । उनको तस्बिरलाई पनि पेन्टले भल्गर हुनवाट बचाएको थियो । इजरायली मोडल बार रफेलले पनि शरीरमा पेन्ट गरेर तस्बिर खिचाएकी थिईन् । स्क्वायर म्यागजिनको कभरमा  छापिएको उक्त तस्बिरले राम्रै चर्चा पाएको थियो ।

कैट अप्टन
कैट अप्टन

अमेरिकन मोडल केट अप्टनले छातीमा मात्रै पेन्ट गरेर आकर्षक तस्बिर खिचाईन् । उनको उक्त तस्बिर एक स्पोट्स म्यागजिनमा छापिएको थियो । डब्लु म्यागजिनमा छापिएको किम कार्दशियनको तस्बिरले पनि उस्तै चर्चा पाएको थियो । सिल्भर कलरको पेन्ट गरेर तस्बिर खिचाएकी किमले राम्र्र्रै चर्चा पाईन् ।

नायिका पेरिस हिल्टनले पनि गोल्ड कलरमा न्युड तस्बिर खिचाईन् । नायिका डेमी मोरले भने कलात्मक पेन्ट गरेकी थिईन् शरीरमा । उनले पनि कपडा लगाएकै शैलिमा आफुलाई प्रस्तुत गरेकी थिईन् । गायिका रिहानाले छातीमा मात्रै पेन्ट गरेर तस्बिर खिचाएकी थिईन् ।

अर्की अमेरिकन नायिका जेशिका जोरले पनि कम्मरमाथि पेन्ट गरेर सेक्सी तस्बिर खिचाईन् । उनले न्युड पोज दिएको भएपनि तस्बिर कलात्मक थियो । कोको अष्टिनले पनि शरीरमा पेन्ट गराएर आकर्षक पोज दिएकी थिईन् ।

इरिना शायक
इरिना शायक

कष्मेटिक प्रतिस्पर्धाका लागि मोडल हिडी कुलामले खिचाएको तस्बिरले पनि राम्रै चर्चा पाएको थियो । रसियन मोडल इरिना शायकको पेन्टिङ गरेको तस्बिरले अहिले पनि चर्चा पाउँछ । जुन तस्बिर स्पोट्स म्यागजिनमा छापिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment