+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपालको पुनर्निर्माणमा भारतले १ खर्ब सहयोग गर्ने

१० असार, काठमाडौं । भारतले नेपालको पुनर्निर्माणमा १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै उसले आगामी पाँच वर्षमा थप १ खर्ब रुपैयाँ सहयोग दिने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १० गते १७:०८
  • Sushma-Sworaj
    अन्तराष्ट्रिय दाता सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज

१० असार, काठमाडौं । भारतले नेपालको पुनर्निर्माणमा १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै उसले आगामी पाँच वर्षमा थप १ खर्ब रुपैयाँ सहयोग दिने बताएको छ ।

विनाशकारी भूकम्पपछिको पुनस्थापना र पुननिर्माणमा सहयोग जुटाउन बिहीबार काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले तत्काल १० हजार करोड नेपाली रुपैयाँ दिने घोषणा गरिन् ।

घोषित १० हजार करोड नेपाली रुपैयाँ अर्थात एक बिलियन डलर सहयोग मध्ये २५ अर्ब रुपैयाँ अनुदान हुनेछ भने बाँकी सहुलियन ऋण हो ।

विदेशमन्त्री स्वराजले आगामी ५ वर्षमा अप एक मिलियन अमेरिकी डलर दिने बताइन् । यो रकमको ४० प्रतिशत अनुदान हुनेछ । समग्रमा ५ वर्षमा भारतले नेपाललाई दिने सहयोग दुई मिलियन अमेरिकी डलर हुने विदेशमन्त्री स्वराजले बताइन् ।

यो सहयोग भारतले नेपाललाई हाल गरिरहेको नियमित सहयोगभन्दा अतिरिक्त हुने विदेशमन्त्री स्वराजले जानकारी दिइन् ।

नेपाल सरकारले तयार पारेको पीडीएनए अनुसार ६ खर्ब ६६ अर्ब आवश्यक रहेको भएपनि नेपाल एक्लै नभएको बताइन् । उनले भारतको पुरानो र घनिष्ठ मित्र नेपाललाई सघाउन तयार रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?