+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एक लाख भूटानी शरणार्थी तेस्रो मुलुकमा

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २४ गते ७:०८

२४ साउन, काठमाडौं । गत आठ वर्षको अवधिमा नेपालबाट झन्डै एक लाख भुटानी शरणार्थी तेस्रो मुलुक गएका छन् ।

भुटानी शरर्णार्थी शिविरको फाइल तस्वीर
भुटानी शरर्णार्थी शिविरको फाइल तस्वीर

तेस्रो देशमा पुनर्वास कार्यक्रम अन्तर्गत सन् २००७ सेप्टेम्बरदेखि हालसम्म ९८ हजार ३६ जना भुटानी शरणार्थी विभिन्न आठ मुलुकतर्फ गएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यलय (यूएनएचसीआर) ले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

यूएनएचसीआरले परराष्ट्र मन्त्रालयलाई हालै लेखेको पत्रअनुसार तेस्रो देशमा पुनर्वास गरिएकामध्ये ४८ हजार ६ सय ४३ जना महिला छन् भने ४९ हजार तीन सय ९३ जना पुरुष छन् । परराष्ट्रका अनुसार हाल सबैभन्दा धेरै ८३ हजार ५३ जना भुटानी शरणार्थी पुर्नवास कार्यक्रम अन्तर्गत अमेरिका गएका छन ।

त्यसमध्ये ६ हजार ३५ जना क्यानडा, पाँच हजार पाँच सय १२ जना अस्ट्रेलिया, पाँच सय ६६ जना नर्वे, नौ सय ९० जना न्युजिल्यान्ड, तीन सय २७ जना नेदरल्यान्डस् तथा तीन सय ५८ जना बेलायत र आठ सय ७४ जना डेनमार्क गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?