+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आन्दोलनकारीले बलिरहेको मसालले प्रहरीलाई हाने (तस्वीरसहित)

३० साउन, काठमाडौं । बैद्य नेतृत्वको नेकपा-माओवादीसहित दलहरुले निकालेको मसाल जुलुसका क्रममा भोटाहिटीमा प्रहरीसँग झडप भएको छ ।

नरदेवी क्षेत्रबाट सुरु भएको मसाल जुलुस भोटाहिटीमा पुगेपछि प्रहरीले रोक्दा झडप भएको थियो । मसाल बोकेकाहरु रत्नपाकतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३० गते २१:१८

Malas-julus-1

विकास श्रेष्ठ

३० साउन, काठमाडौं । बैद्य नेतृत्वको नेकपा-माओवादीसहित दलहरुले निकालेको मसाल जुलुसका क्रममा भोटाहिटीमा प्रहरीसँग झडप भएको छ ।

नरदेवी क्षेत्रबाट सुरु भएको मसाल जुलुस भोटाहिटीमा पुगेपछि प्रहरीले रोक्दा झडप भएको थियो । मसाल बोकेकाहरु भोटाहिटीबाट रत्नपाकतर्फ अघि बढ्न खोजेपछि झडप सुरू भएको थियाे।

Malas-julus

झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि बलिरहेकाे मसालले हानेका थिए । त्यस क्रममा केही प्रहरीको शरीर अागाेले पोलेको छ ।

झडपका क्रममा आन्दोलनकारीले हानेको ढुंगा लागेर फोटो पत्रकार मेहन्त श्रेष्ठ र सुलभ श्रेष्ठ पनि घाइते भएका छन् ।
मसाल बाल्नेहरुलाई पक्राउ गरेको फोटो खिचेको भन्दै प्रहरीले पत्रकारलार्इ समेत लाठी हानेको थियाे । प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

Malas-julus-2 Malas-julus-3 Malas-julus-4 Malas-julus-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?