३२ साउन, काठमाडौं । सीड्नीमा रहेको काठ्माडौ कन्भिनियन्स स्टोरले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघलाई भूकम्प पीडित खेलाडीका सहयोगका लागि करिब ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
नर्थ सीडनीमा रहेको स्टोरका संचालक क्रिज भट्टराइले खेलाडी संघका अध्यक्ष दिपक बिष्टलाई नगद हस्तानतरण गरे । भट्टराइले मुलुकको प्रतिष्ठाको लागि रगत पसिना बगाउने खेलाडी मुलुकका राजदुत भएकोले सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
पारिवारीक भ्रमणका क्रममा सिड्नी पुगेका खेलाडी संघका अध्यक्ष दिपक विष्टले मुलुकका लागि रगत पसिना बगाउने खेलाडीप्रतीको प्रवासी सम्मान गर्विलो रहेको बताए ।
प्रतिक्रिया 4